You are viewing the translated version of आवास सुविधा सहित अध्ययनको व्यवस्था मिलाउनु पर्ने.

Rule 4
आवास सुविधा सहित अध्ययनको व्यवस्था मिलाउनु पर्ने
(१) स्थानीय तहले देहाय बमोजिमका बालबालिकाको लागि दोहोरो नपर्ने गरी आवश्यकता र उपलब्धता अनुसार त्यस्ता बालबालिकालाई पायक पर्ने स्थानमा आवासीय सुविधा सहित आधारभूत वा माध्यमिक तहसम्मको अध्ययनको व्यवस्था मिलाउने वा सोको निमित्त विद्यालय सञ्चालन गर्नेछः-
(क) ऐनको दफा ७ को उपदफा (४) बमोजिमका आर्थिक, भौगोलिक, शारीरिक वा मानसिक अवस्था वा अन्य कुनै प्रतिकूलताका कारण विद्यालय जान नसकेका बालबालिका,
(ख) ऐनको दफा १८ को उपदफा (१) बमोजिमका अभिभावकको पहिचान नभएका वा पत्ता नलागेका बालबालिका ।
(२) उपनियम (१) बमोजिमको आवासीय सुविधा सहितको विद्यालय सञ्चालन गर्नको लागि स्थानीय तहले बालबालिका वा मानवीय सेवाको क्षेत्रमा कार्यरत संघ संस्थासँग सहकार्य गर्न सक्नेछ ।